काठमाडौं – नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियानको नवौं दिनसम्ममा १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन्। ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४, गण्डकीमा १७ हजार २ सय ६७, लुम्बिनीमा २३ हजार ७ सय ९८, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाएका छन्। पहिलो चरणको खोप अभियान आगामी शनिबारसम्म चल्नेछ।
