काठमाडौँ – नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्य ह्वातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १५ सयले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रहेको छ ।
त्यसै आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
