पहिलो टेस्टमा घरेलु मैदानमै भारतको लज्जास्पद हार

इंग्ल्यान्डले भारतलाई मंगलबार पहिलो टेस्टमा दुई सय २७ रनको फराकिलो अन्तरले हराएको छ । इंग्ल्यान्डले भारतसमक्ष चार सय २० रनको लक्ष्य दिएको थियो । कीर्तिमानी लक्ष्य पछ्याएको भारत चौथो इनिङ्सको ५८.१ ओभरमै एक सय ९२ रनमा अलआउट हुँदा इंग्ल्यान्डले १७ वर्षपछि भारतीय भूमिमा ठूलो जित निकालेको हो । सन् २००६ मा इंग्ल्यान्डले भारतलाई दुई सय १२ रनले हराएको थियो ।

इंग्ल्यान्डले रोए रुटको दोहोरो शतकीय इनिङको मद्दतमा पहिलो इनिङमा पाँच सय ७८ रन तथा दोस्रो इनिङ्समा एक सय ७८ रन बनाएको थियो । भारत पहिलो इनिङ्समा तीन सय ३७ रनमै सीमित भयो । भारतको दोस्रो इनिङ्स कमजोर बनाउन फास्ट बलर ज्याक लिच तथा जेम्स एन्डरसनले घातक बलिङ गरेका थिए । ज्याकले ७६ रन खर्चेर चार विकेट लिए । एन्डरसनले १७ रन दिएर तीन विकेट हात पार्दा इंग्ल्यान्डले चार टेस्ट सिरिजमा १–० को अग्रता लियो । समग्रमा ज्याकले पहिलो टेस्टमा ६ विकेट, एन्डरसनले ५ विकेट हात पारेका थिए ।

भारतको दोस्रो इनिङ्समा ओपनर सुभमन गिलले ५० रनको योगदान दिए । उनले ८३ बलमा सात चौका र एक छक्का प्रहार गरे । कप्तान विराट कोहलीले आक्रामक रूपमा ब्याटिङ गर्दै ७२ रन बटुले । उनले १४ बलमा नौ चौका प्रहार गरे । भारतको दोस्रो इनिङ्सको एक समय ११७–६ को नाजुक अवस्थामा थियो । कोहली र रविचन्दन आश्विनले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । त्यसपछिका ब्याट्सम्यानले गतिलो रन बनाउन सकेनन् ।

भारतको पहिलो इनिङ्समा रिषभ पन्तले ९१ रन तथा वासिङ्टन सुन्दरले ८५ रन बनाएका थिए । रुटले पहिलो इनिङ्समा दुई सय १८ रनको योगदान दिए । यसक्रममा उनले तीन सय ७७ बलमा १९ चौका र दुई छक्का प्रहार गरे ।

सिफारिस

१२ वर्षे हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन चैत्र १७ गते हुने

हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन यहि आउँदो चैत्र १७ गते हुने भएको छ। बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी...

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

धेरै पढिएको