नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल स्टक एक्सचेञ्जमा पहिलो कारोबार गरेको छ। पहिलो कारोबार बैंकको प्रतिकित्ता ३४० रुपैंयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो । पहिलो कारोबारको लागि नेप्सेले ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।
बैंकको NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । प्रि ओपन सेसनमा बैंकको ७ हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको हो ।
कम्पनीले बिहिबार २० करोड कित्ता साधारण शेयर बजारमा सूचीकृत गरेको हो । नेप्से र बैंकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा शेयर कारोबार भएको छ । इन्फ्रास्ट्रक्चर बैंकको आरटिजिएसको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ ।
यस बैंकको आइपिओ भर्ने जति सबैले ५० देखि ६० कित्ता शेयर पाएका छन् । शेयर सूचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु भएको हो ।
बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैंयाँ अंकितदरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो ।
