दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले बुधबार इन्टाग्राममार्फत सो कुराको जनाकारी दिएका हुन् ।

डु प्लेसिसले आफ्नो फोटो सेयर गर्दै लेखेका छन्, ‘म आफ्नो निर्णयप्रति स्पष्ट छु । र, जीवनको नयाँ अध्याय सुरु गर्ने यो सही समय हो ।’

डु प्लेसिसले सन् २०२१ मा भारत तथा २०२२ मा अस्ट्रेलियामा हुने टि–२० विश्वकपमा बढी केन्द्रित हुने उदेश्यले टेस्टबाट सन्यास लिने निर्णय गरेको बताएका छन् ।

डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि ६९ टेस्टमा ४ हजार १ सय ६३ रन प्रहार गरेका छन् । जसमा १० शतक र २१ अर्धशतक सामेल छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here