यस्ता छन् भाइबरका नयाँ फिचर

काठमाडौं – नेपालमा मात्र नभई विश्वभरी नै कोभिड–१९ को असर बाँकी नै रहेकाले र यो अझै पनि स्वास्थ्य सरोकारको विषय भएको हुनाले यस वर्षको भ्यालेन्टाइन डे मनाउने शैली केही भिन्न भएको छ । युगल जोडीहरु जो अलग छन् र जोडीमा नभएकाहरु, जो प्रेममा बाँधिन चाहन्छन्, सबैले प्रेम अभिव्यक्त गर्ने माध्यम यो पटक भर्चुअल नै रहेको छ । निश्चय पनि आफूले मनपराउने व्यक्तिको स्पर्श जस्तो न्यानोपनाको स्थान केहीले पूर्ति गर्न सक्दैन, तर यसको मतलब यो होइन कि भ्यालेन्टाइन डे रमाईलो हुने छैन । प्रेमीहरुका लागि क्युपिड बन्दै भाइबरले नयाँ नर्याँ विशेषताहरु मार्फत सबैलाई रमाइलो बनाइरहेछ, जसले तपाईंको भावना व्यक्त गर्न, सेयर गर्न र तपाईंको सच्चा भावनाहरुसँग तपाईंलाई नजिक ल्याउन सहयोग गर्दै छ । राकुटेन भाइबर सदैव सञ्चारमा आइरहने परिवर्तनको बारेमा र यो डिजिटल युगमा विभिन्न खाले अभिव्यक्ति गर्ने भावहरुका विविध प्रकृतिहरुका बारेमा सचेत छ । राकुटेन भाइबरमा हामी यो यकिन दिलाउँछौं कि तपाईंको प्रेम कथालाई अघि बढाउन आवश्यक सबै खाले मौकाहरु हामी प्रदान गर्छौँ । धेरै नवीनतम विशेषताहरु मध्ये डिसपियरीङ्ग मेसेजहरु, क्युपिड बट, व्यक्तिगत स्टिकरहरु र जिफहरु सबैको लागि नयाँ फिचर भएको छ ।

सिङ्गल होस् वा टेकन, भाइबरको क्युपिड बटले तपाईं वा तपाईको प्रियको लागि विशेष प्रकारको इ–कार्डहरु बनाउन, क्युपिड खेलहरु खेल्न, र लभ क्वीजमा बाँधिने खालको फिचर दिएको छ । यी सबै विशेषताहरु केवल तपाईंको प्रेम व्यक्त गर्नमा समर्पित छन् ।

तपाईंले यो रमाइलो प्रेमको महिनामा भाइबरको साथमा गर्न सक्नु हुने अरु पनि धेरै चिजहरु छन् । भिडियो पठाउनुको बदलामा तपाईको आफ्नै जिफ सिर्जनाद्वारा आफ्नो कल्पनालाई बढाउनुहोस् । यो त्यति सजिलो छ । तपाईंले भाइबरको व्यक्तिगत जिफ र व्यक्तिगत स्टिकर अपसनहरु प्रयोग गरेर खास किसिमका संस्मरणह बनाउन सक्नु हुन्छ जसले तपाईंको भाव व्यक्त गर्ने सही शब्द नपाइरहेको समयमा तपाईको भावना प्रतिबिम्बित गर्न सहज हुनेछ । त्यो च्याटमा केवल ग्यालरी आइकन थिच्नुहोस् । तपाईंले जिफमा परिणत गर्न चाहनु भएको भिडियो छान्नुहोस् । तपाईंको भिडियोलाई आफ्नो इच्छा बमोजिम सम्पादन गर्नुहोस् र अब जिफ आइकन दबाउनुहोस् । सेन्ड मा क्लिक गर्नुहोस् । तपाईंको विचारहरु तपाईंको प्रियसँग तपाईंले भ्यालेन्टाइन डेमा मुटु आकारको इमोजिहरु प्रयोग गरेर सिर्जना गर्नु भएको उपयुक्त जिफको साथमा सेयर गर्नुहोस् । तपाईंको मायालुलाई केही सुन्दर क्लिपहरु पठाउन तपाईंको च्याट स्क्रिनमा भएको इन्स्टयान्ट भिडियो आइकन थिचि राख्नुहोस् र तपाईंले रेकर्डिङ्ग गरिसक्नु भएपछि छाडिदिनुहोस् ।

भाइबरमा हामीले हाम्रा प्रयोगकर्ताहरुको सुरक्षा र गोपनीयतालाई अरुहरु भन्दा माथि राख्ने गर्दछौं । त्यसले गर्दा भाइबर कुनै पनि किसिमको सन्देशहरु– चाहे त्यो भ्यालेन्टाइन डे को रोम्यान्टिके सन्देश होस् वा तपाईंको परिवारजनको लागि कुनै शुभकामना वा त्यस्तै अन्य सन्देश होस्, पठाउनका लागि एक अत्यन्त सुरक्षित एपको रुपमा परिचित छ किनकी यसले पहिले नै तयार पारिएको एंड टु एंड इन्क्रिप्सन प्रयोग गर्छ । यसका साथै यसले आफ्ना प्रयोगकर्ताहरुका लागि नियमित च्याटहरुमा डिसपियरीङ्ग मेसेजेज जस्तो सुरक्षा गार्ड पनि थप गरेको छ । यसले तपाईंलाई तपाईंको सन्देशलाई स्वतः लुप्त हुने समय तालिका सेट गर्न सहयोग गर्नेछ । त्यस्तै अवस्था आइपरेमा यसले तपाईंलाई यदि प्रापकले सन्देशको स्क्रिन सट लिएछ भने त्यस्को पनि जानकारी दिनेछ, यदि !

यदि तपाईं साँच्चि नै तपाईको सन्देशलाई लिएर थप चनाखो बन्न चाहनु हुन्छ भने तपाईंले भाइबरको हिड्न च्याट्स विेशषताको पनि प्रयोग गर्न सक्नु हुन्छ जसले तपाईंलाई च्याट सूचीबाट केही त्यस्तो वार्तालापहरु लुकाउन मद्दत गर्नेछ, जसमा तपाईंले केवल पिनको प्रयोग गरेर पहुँच पाउन सक्नु हुन्छ ।
महामारीको अन्त्य अझै भइसकेको छैन, तर यसको अर्थ तपाईंले कसैको माया वा कुनै प्रकारको साथदेखि आफूलाई बञ्चित राख्ने भन्ने कदापि होइन । रोम्यान्टिक बन्नुहोेस् १ मनमिल्ने साथी खोज्नुहोस् र सम्बन्ध बढाउनुहोस्– त्यो पनि तपाईंको गोपनीयतासँग बिना कुनै सम्झौता गरेर ।

 

 

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको