काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) पनि सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर ८९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ८९ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७५० रहेको छ ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
