इन्डियन प्रिमियर लिग(आइपिएल)को १४औँ संस्करणका लागि अहिले अक्सन चलिरहेको छ ।

आइपिएल अक्सनमा क्रिस मोरिस आईपीएल इतिहासमा सर्बाधिक महँगो खेलाडी बनेका छन् ।

दक्षिण अफ्रिकाका अलराउण्डर मोरिसको न्यूनतम मूल्य ७५ लाख रहेको थियो । उनलाई लिलामीमा राजस्थान रोयल्सले मोरिसमाथि १६ करोड ७५ लाख खर्च गरेको हो । यो आईपीएल इतिहासकै सर्वाधिक ठूलो लिलामी मूल्य पनि हो ।

यसअघि सन् २०१५ मा युवराज सिंहलाई दिल्लीले १६ करोडमा लिएको थियो । उक्त रेकर्ड ६ बर्षपछि क्रिस मोरिसले तोडेका छन् ।

यसैगरी उनी सर्वाधिक महँगो विदेशी खेलाडीमा पनि परेका छन् । २०२० मा अस्ट्रेलियाका पेट कमिन्सलाई कोलकता नाइटराईडर्सले लिएको थियो । कोलकता नाइट राइडर्सले उनलाई १५.५ करोडमा अनुबन्ध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here