इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि क्लबले अनुबन्ध गरेनन्। आज चेन्नाईमा जारी अक्सनमा सन्दीपलाई कुनैपनि क्लबले मूल्य लगाएनन्।
यसअघि तीन सिजन सन्दीपले आइपीएल दिल्ली क्यापिटल्सबाट खेलेका थिए। यस सिजन भने दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो।
सन्दीपले यस सिजन आफ्नो आधारमुल्य ४० लाख भारतीय रुपैयाँ तोकेका थिए। सन्दीपले दिल्लीबाट तीन सिजन खेल्दै ९ खेलमा १३ विकेट लिएका थिए।