काठमाडौँ – हाम्रो शरीरको बारेमा हामीलाई कमै थाहा हुन्छ । हाम्रो शरीरले कसरी काम गर्छ या के के गर्छ भन्ने केही रोचक तथ्यहरु यस्ता छन् ः
१) मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् ।
२) मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ ।
३) मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ । सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्राम धेरै हुने गर्छ ।
४) प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ ।
५) चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ ।
६) सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्माेन भन्ने हर्माेन निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दत गर्छ ।
७) पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
८) बूढो मानिसमा बिर्सिने रोगलाई डिमेन्सिया भनिन्छ र भिटामिन–इ अनि भिटामिन–सी ले त्यसको रोकथाम गर्छ ।
९) अल्कोहलले मस्तिष्कमा पु¥याउने हानीलाई भिटामिन–इले बचाउने गर्छ ।
१०) हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ ।
११) हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास हुने गर्छ ।
१२) जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ ।
१३) हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल बन्ने गर्छ र एकपटक आर.बी.सी. लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्ड लाग्छ ।
१४) एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ ।
१५) आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ ।
१६) पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ तर हरेक दिन संसारभर क्यान्सरका कारण २० हजार मानिसको मृत्य हुने गर्छ ।
१७) एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने गर्छ ।
१८) हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ ।
१९) मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ ।
२०) शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ ।
२१) मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
२२) शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो ।
२३) मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ ।
२४) कफीको सेवनले पार्किन्सन्स भन्ने रोग लाग्न बाट बच्न मद्दत गर्दछ ।
२५) मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।
