काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका डेलाडी सोमपाल कामी सम्मिलित वेनिपेग हक्सले ग्लोबल टि–ट्वान्टी क्रिकेटको उपाधि उचालेको छ । आइतबार भएको फाइलन खेलमा साविक विजेता भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पारजित गर्दै हक्सले उपाधि जितेको हो । यसअघि खेलमा १९३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो । पहिले ब्याटिङ गरेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो ।
निर्धारित ओभरको खेल बराबरीमा भएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । जसमा हक्स बलियो सावित भयो ।