न्युजील्यान्डले अस्ट्रेलियाविरुद्ध पहिलो टी-२० मा ५३ रनको विजय सुरुवात गरेको छ ।
जीतमा डेभोन कोनवेले ५९ बलमा नटआउट रहँदै ९९ रन बनाए । उनको योगदानको बलमा न्युजील्यान्डले पाँच विकेटको क्षतिमा १८४ रन बनायो ।
जवाफमा अस्ट्रेलियाको पूरै टीम १३१ रनमा अलआउट भयो । पाँच खेलको शृंखलामा न्युजिल्यान्डले घरेलु मैदानमा जित सहित सुरुवात गरेकको छ ।
न्युजील्यान्डका फास्ट बलरहरू ट्रेन्ट बोल्ट र टिम साउदीले अस्ट्रेलियालाई शुरूमै ध्वस्त पार्दै १९ रन बन्दासम्म चार विकेट लिए ।
अस्ट्रेलियाका लागी मिच मार्शले सर्वाधिक ४५ रन बनाए । त्यसपछि न्युजील्यान्डका इश सोधीले चार विकेट लिएर अस्ट्रेलियालाई सम्हालिनै दिएनन् । यस शृंखलाको दोस्रो खेल बिहीवार हुनेछ ।