काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्य बढेको छ । आज सुन तोलामा रु १ हजार १ सय रुपैयाँले बढेको हो ।
हिजो (सोमबार) प्रति तोला रु ८९ हजार रुपौयाँमा कारोबार भएको सुन आज (मंगलबार) तोलामा रु १ हजार १ सय रुपैयाँले बढेर रु ९० हजार १ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।