कपालको स्याहार कसरी गर्ने

काठमाडौँ- कपालले नारीको सुन्दरतामा थप निखार ल्याउने काम गर्छ । मौसम अनुसार कपालको स्याहार फरक ढंगले गर्नुपर्ने हुन्छ । धुलो धुँवा र तापले कपालको स्वास्थ्यमा निकै असर पु¥याउने गर्छ । अझ विभिन्न केमिकलयुक्त प्रोडक्टले कपालको स्वास्थ्य बिगारेर रुखो र सुख्खा बनाएको हुन्छ । त्यसैले कपालको उचित स्याहार कसरी हुन्छ भनेर जान्न तलका कुराहरुमा ध्यान दिन सकिन्छ ।

१) कपाललाई राम्रो देखाउन स्टाइलिङ प्रोडक्ट प्रयोग गर्ने गरिन्छ । कडाखालको रसायन मिसिएको स्याम्पुले केश ड्यामेज गर्छ । हेयर ड्रायरको प्रयोग पनि कम नै गर्नुपर्छ । यसबाट पनि केश सुख्खा तथा कमजोर हुन्छ । अल्कोहलयुक्त प्रोडक्ट प्रयोग गर्नु हुँदैन । स्ट्रेटनर्स वा हट आइरनबाट जोगिनुपर्छ । यसले पनि केशलाई सुख्खा बनाउँछ । त्यसकारण पनि सातामा एकपटक डिप कन्डिसनिङ ट्रिटमेट गराउनुपर्छ । यसले केशलाई हाइड्रेटेड राख्छ ।

२) प्रदुषणले पनि हाम्रो कपाललाई खराब बनाईरहेको हुन्छ । त्यसकारण पनि धुलो धुवाँबाट कपाललाई जोगाउन बाहिर निस्कदा ह्याट वा स्कार्फले केश कभर गर्नु उपयुक्त हुन्छ ।

३) धेरैलाई चाँयाको समस्याले सताईरहेको हुन्छ । ड्राई कपाल हुनेहरुलाई यो समस्या बढि देखिन्छ । यो समस्याबाट जोगिन कागतीको रसमा नरिवलको तेल मिसाएर स्काल्पमा १०–१५ मिनेटसम्म मालिस गरेर आधा घन्टापछि स्याम्पूले पखाल्नुपर्छ । यसका साथै कागतीको रस तथा दही मिसाएर बनाएको पेस्ट कपालमा लगाएर ४५ मिनेटपछि चिसो पानीले कपाल धुनुपर्छ । दहीले स्काल्प सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ ।

४) कपालमा पोशनको कमीले पनि धेरै समस्या देखिने गर्छ । कपालको पोशनको लागि एक गिलास काँचो दूधमा एक चिया चम्चा मह मिसाएर केशको जरादेखि टुप्पासम्म लगाएर २५ मिनेटपछि मनतातो पानीले स्याम्पु गर्दा केशले पोषण प्राप्त गर्छ ।

५) नरिवलको क्रिमलाई हल्का तताएर केशको जरादेखि टुप्पासम्म हल्का हातले मालिस गर्ने । तातो तौलियाले केश बेरेर एक घन्टाजति छोड्ने । त्यसपछि माइल्ड स्याम्पुले केश पखाल्ने । यसबाट केश चम्किलो देखिन्छ । त्यस्तै कपालको साइनिङको लागि मेथी पनि निकै उपयोगी हुन्छ । रातभरि भिजाएर राखीएको मेथीको दानालाई पिसेर केही थोपा तोरीको तेल मिसाई आधा घन्टासम्म मसाज गरेर मनतातो पानीले कपाल पखाल्नुपर्छ ।

६) एलोभेरा जेलमा कागतीको रसको केही थोपा मिसाएर एक चम्चा नरिवलको तेल वा ओलिभ आयल हालेर मिश्रण तयार गर्ने । केशको जरादेखि टुप्पोसम्म राम्रोसँग दलेर आधा घन्टापछि स्याम्पु गरेर कपाल पखाल्नुपर्छ । यसले कपाललाई नरम बनाउन मद्दत पुग्छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको