काठमाडौँ- बढि तौल हुँदा शरीर मोटो देखिने मात्र नभएर थुप्रै रोगहरुको घर पनि बनिन्छ । तौल नियन्त्रण गर्न सन्तुलित आहार सेवन गर्न निकै आवश्यक हुन्छ । तर त्यतिले मात्र नभएर अन्य धेरै कुरामा ध्यान दिए तौल नियन्त्रण गर्न सहज हुन्छ ।
१) तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस् । यदि तपाईंं दैनिक प्रयास गर्दै हुनुहुन्छ, तर, केही फाइदा भएको छैन सर्वप्रथम आपूmमा विश्वास गर्नुहोस् । तपाईंको अचेतन मनले तपाइको सोच अनुसारकै कुरा मान्ने गर्छ र तपाईंलाई आफ्नो काम प्रयास प्रति विश्वास नहुँदा केही फाइदा हुँदैंन । त्यसैले आपूmमा परिवर्तन ल्याउनुछ भने सकारात्मक सोच राख्नुहोस् र आफ्नो प्रयासमा विश्वास गर्नुहोस् ।
२) तपाईंको तौल एक दुई दिन या महिना दिनमा तपाइले परिवर्तन गर्नु भएको बानीको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । तौल नियन्त्रण गर्न पनि समय लाग्छ ।  शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल नियन्त्रीत हुँदै जानेछ ।
३) तौल नियन्त्रण गर्ने निहँुमा खाना नखाने काम गर्नु निकै गलत हो । शरीरलाई दैनिक चाहिने क्यालेरी नपुग्दा शरीर कमजोर हुन्छ र काम गर्न कठिनाइ आउन सक्छ । त्यसैले बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खान सकिन्छ । यसरी खाने बानी बसाल्नाले हाम्रो शरीरले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निकाल्ने हुनाले ब्लड सुगरलाई सही राख्छ मद्दत पुग्ने मात्र नभएर भोक पनि कम लाग्छ ।
४) दैनिक ३० मिनेट टहलिनाले शरीरको तौल नियन्त्रण गर्न मद्दत पुग्दछ । यो बानीले तपाईले  खानपानमा परिवर्तन नल्याउँदा पनि एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बसाल्न निकै जरुरी हुन्छ ।
५) एक अध्ययनका अनुसार जति भोक लागेपनि यदि तपाईंको अगाडि थोरै खाना राखिएको छ भने थोरै खानुहुनेछ र धेरै खाना राखिएको छ भने धेरै खानुहुनेछ । त्यसैले कम खाना खान सानो थालमा थोरै खाना राखेरै खानु उपयुक्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here