काठमाडौं – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको नयाँ मिति घोषणा भएको छ। आइतबार घोषित मितिअनुसार ईपीएल अब २०७८ असोज ९ गतेबाट हुने भएको छ।
‘‘नेपाल क्रिकेट संघले ईपीएलका लागि नयाँ मिति स्वीकृत गरेको छ। नयाँ मितिअनुसार ईपीएल ट्वान्टी-२० क्रिकेट प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुनेछ,’’ एभरेस्ट प्रिमियर लिगको सामाजिक सन्जालमा उल्लेख छ।
यसअघि २०७६ चैत १ गतेबाट हुने भनिएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो। आयोजकले गत वर्ष फागुन २२ गते प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको थियो।