काठमाडौं – नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीलेत र हवाई इन्धनको मूल्य बढेको छ । पेट्रोल, डिजेल र मट्टीलेत को मूल्य प्रतिलिटर २/२ रुपैयाँले बढेको छ ।

समायोजित मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रूपैयाँ पुगेको छ । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ ।  निगमले ग्यासको मूल्य भने बढाएको छैन ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ ४२ पैसा घाटा छ । यस्तै डिजेलमा ६ रुपैयाँ ५६ पैसा र एलपी ग्यासमा ३९२ रूपैयाँ ८२ पैसा घाटा छ । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रूपैयाँ बढाएको छ ।

तेलको मूल्य समायोजनपछि पनि निगमलाई प्रतिपन्ध्र दिनमा एक अर्ब ३२ करोड रुपैयाँ घाटा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here