काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ।  आज (मंगलबार) सुन तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको मूल्य मंगलबार ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य  पनि घटेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here