काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ । आज (बुधबार) सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।
हिजो सुन प्रतितोला रु ८७ हजारमा कारोबार भएकोमा आज (बुधबार) रु ५ सय बढेर प्रतितोला रु ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८७ हजार ५० कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १३५० कायम भएको महासङ्घले जनाएको छ ।
