पोलार्डको धमाकेदार ब्याटिङ, एकै ओभरमा ६ छक्का हिर्काए (भिडियोसहित)

श्रीलंकाविरुद्धको तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले धमाकेदार ब्याटिङ गरेका छन्। पोलार्डको उत्कृष्ट ब्याटिङमा वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको घरेलु टिम श्रीलंकाले ९ विकेटको क्षतिमा १३१ रन जोड्यो। उसका लागि पाथुन निशंकाले सबैभन्दा बढी ३९ रन जोडे। बलिङमा वेस्ट इन्डिजका ओबे म्याकेएले २ विकेट लिए।

१३२ रनको सामान्य लक्ष्य वेस्ट इन्जिजले १३.१ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। वेस्ट इन्डिजको जितमा कप्तान पोलार्डले ११ बलमा ३८ रन जोडे। उनले छैटौं ओभरको ६ बलमै छक्का प्रहार गरेका थिए। सो ओभरमा श्रीलंकाका अकिला धनन्जयले बलिङ गरेका थिए।

त्यसअघि धनन्जयले चौथो ओभरमा ह्याट्रिक गरेका थिए। उनले चौथो ओभरको दोस्रो बलमा इभिन लेविस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलास पूरनलाई आउट गरे। लेविस २८ रनमा आउट हुँदा गेल र पूरन शून्यमा आउट भए।

टी-२० को एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भारतका युवराज सिंह र दक्षिण अफ्रिकाका हर्षल गिब्सको नाममा थियो।

सिंहले इंग्ल्यान्डविरुद्ध र गिब्सले नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हिर्काएका थिए। पोलार्ड सातौं ओभरमा श्रीलंकाका डे सिल्भाको बलमा एलबिडब्लूको धरापमा परेका थिए।

पोलार्ड बाहेक वेस्ट इन्डिजका लागि जासन होल्डरले नटआउट २९ रन जोडे भने लेन्ड सिमोन्सले २६ रन र इभिन लेविसले २८ रनको योगदान दिए।

बलिङमा श्रीलंकाका धनन्जय र सिल्भाले ३-३ विकेट लिए।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको