काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनको मुल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ हजारले घटेर ८६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८७ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।
त्यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।