काठमाडौँ- नेपाली बजारमा आज आइतवार सुनको मूल्यमा वृद्धि भएको छ ।
आइतवार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले बढेर ८६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
