काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड- नेपाल समूहको संसदीय दलको बैठक बस्दै छ ।
बैठकको तयारीका लागि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दलको कार्यालयमा छलफलमा छन् । केही बेरअघि अध्यक्षद्वय प्रचण्ड र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल तथा प्रमुख सचेतक देव गुरुङ र कृष्णभक्त पोखरेलले सभामुखसँग परामर्श गरेका थिए । परामर्शलगत्तै संसदीय दल बैठकको तयारी भएको हो ।
अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। बैठकमा कसरी प्रस्तुति हुने भन्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।
