काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।
त्यसैगरी आज चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
