काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ४१.३० अंकले बढेको छ । नेप्से परिसूचक आज १.६३ प्रतिशतले बढेर २५७०.२५ को बिन्दुमा पुगेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६अंकले बढेर ४५५.९५ को बिन्दुमा पुगेको छ ।
आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ लिमिटेड, चन्द्रागिरी हिल्स लगायतका ६ कम्पनीको सेयर सर्वाधिक १० प्रतिशतले बढेको छ ।
यस्तै, रैराङ हाइड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रो लगायत केहि कम्पनीकोे सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।
नेप्सेमा आज दिन ६ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ ।
बुधबार लगानीकर्ताको रोजाईमा नेपाल इन्फ्राष्टक्चर बैंक (निफ्रा) पर्यो । सो कम्पनीको सेयर ६५ करोड १५ लाख माथि कारोबार भएको छ । निफ्राको सेयर आज ७.५९ प्रतिशतले बढेर ५८१ रुपैंया कायम भएको छ ।
