काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मुल्य भने तोलामा पाँच रुपैयाँले घटेर सोमबार १२ सय २५ रुपैयाँ कायम भएको छ ।
