काठमाडौँ – दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलमा नेपालले पहिलो गोल गरेको छ । खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेका हुन् ।
नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका हुन् । साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् ।
