हरेक मौसममा शरीरको साथी, उखुको जुस

काठमाडौँ – उखुलाई चिनीको प्राकृतिक स्रोतको रूपमा चिनिन्छ । उखुमा कार्बोहाइड्रेट, ग्लुकोज र क्यालोरी पाइन्छ । जसले गर्दा हाम्रो शरीरलाई धेरै फाइदा पु¥याउँछ । उखुको सेवनले उर्जा दिने, स्फूर्ति बढाउने, पाचन प्रणालीमा सुधार ल्याउने, शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्ने तथा रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । उखुका अन्य फाइदा यस प्रकार रहेका छन् :

हाइड्रेट गर्न – जो मानिसहरू कम पानी पिउने गर्छन उनीहरुको शरीरलाई पानीको मात्रा अपुग भएर डिहाइड्रेट हुन्छ । यस अवस्थामा, इलेक्ट्रोलाइट्सले भरिएको उखुको रसले शरीरमा पानीको मात्रा आपूर्ति गर्न मद्दत गर्छ ।

प्राकृतिक मूत्रवर्दक – अध्ययनले देखाएअनुसार उखुको रस एक प्राकृतिक मूत्रवर्दक हो । यसले मृगौलाको पत्थरीको जोखिम हटाउँछ र मूत्रपथमा सङ्क्रमण हुन दिँदैन ।

कलेजोलाई सुदृढ बनाउन – आयुर्वेदका अनुसार उखुको रस पिउँदा कलेजो बलियो हुन्छ । त्यसैले जन्डिस भएको मानिसलाई उपचारको रूपमा उखुको रस सेवन गर्न सुझाव दिइन्छ ।

दाँत र डड्डीलाई स्वास्थ्य राख्न – उखुको रसमा फस्फोरस र क्याल्सियमको अधिक मात्रा हुन्छ र यसले दाँत र हड्डीलाई क्षति हुनबाट बचाएर बलियो बनाउँछ ।

स्वास्थ्य छालाका लागि – उखुमा अल्फा हाइड्रोक्सी एसिड (एएचएए) हुन्छ, जुन प्राय छाला हेरचाह उपचारमा प्रयोग गरिन्छ । एएचएएसले डन्डिफोरसँग लड्न, बुढ्यौलीलाई रोक्न र अनुहारमा भएको दागबाट छुटकारा पाउन मद्दत गर्छ ।

तौल घटाउन – उखुको प्राकृतिक रसमा फाइबरको मात्रा उच्च हुन्छ, जुन तौल घटाउनका लागि सहयोगी सावित भएको छ । यसबाहेक, उखुको रसमा रहेको प्राकृतिक स्वीटनरहरूको पनि कम ग्लाइसेमिक इन्डेक्स (जीआई) हुन्छ जसले रगतमा ग्लुकोजको मात्रा कायम राख्न मद्दत गर्छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको