खेलाडीलाई जनही चार लाख दिने सरकारको घोषणा

काठमाडौँ – सरकारले थ्री नेसन्स कपको विजेता नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार–चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोक राई र विशाल राईले गोल गरेका थिए। नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला पुगेका थिए ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको