काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलाको ८७ हजार ४ सयमा कारोबार भइरहेको छ । शुक्रबार पनि छापावाला सुन तोलाको ८७ हजार ४ सयमै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९५० नै रहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्य प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
