गर्मी मौसममा कसरी शीतलता महशुस गर्ने ?

काठमाडौँ – गर्मी मौसममा बढ्दो तापक्रमले सबैजनालाई थकित महशुस गराउनु साथै पसिना आउने हुन्छ । त्यसैले हाईड्रेटेड रहन निकै महत्वपूर्ण हुन्छ । अत्याधिक पसिनाको कारण तपाईको शरीरले छिटो पानी गुमाउँछ । तिर्खा मेट्न पानी सबैभन्दा महत्वपूर्ण पेय भएता पनि अन्य पेय पदार्थहरू प्रयोग गर्न सक्नुहुनेछ जसले तपाईंको तिर्खा मेट्ने मात्र नभएर तपाईंको शरीरलाई शान्त पनि राख्दछ । जानौँ गर्मी मौसममा कस्ता पेय पदार्थहरु पिउन सकिन्छ ।

१) जल जीरा

जलजीरालाई जीरा र पानीको प्रयोग तयार गरिन्छ । जीरालाई भुटेर मोटो पाउडर बनाएर पानीमा मिसाइन्छ । स्वादको लागी यसमा विरे नुन, कागती र थोरै मात्रामा मरिच मिसाउन सकिन्छ । यो मिश्रण पाचन समस्यासँग हुने व्यक्तिहरूको लागि उत्तम पेय हो, विशेष गरेर गर्मीको समयमा । केहि टुक्रा आइस राखेर जलजीरा पिउनाले गर्मीमा शितलता प्रदान गर्नुको साथै तौल नियन्त्रणमा पनि मद्दत गर्छ ।

२) सातुको सर्वत

जौ, मकै, भटमास, चना जस्ता अन्नलाई भुटेर पिसेर सातु बनाइन्छ । यो एक पौष्टिक आहार पनि हो । सातुलाई पानीमा घोलेर पिउनाले शरीरलाई शीलत राख्न मद्दत गर्छ । यो आडिलो पनि हुने गर्छ जसले भोक र प्यास दुबैलाई मेटाउन मद्दत गर्छ । सातुलाई चिसो पानीमा घोलेर केहि टुक्रा आइस र स्वाद अनुसार चिनी र चिया मसला राखेर पिउन सकिन्छ ।

३) नरिवल पानी

नरिवलको पानीले गर्मी मौसममा शितल हुन मद्दत गर्छ । काँचो नरिवलको पानी र क्रिमलाई केहि टुक्रा आइस राखेर मिक्सरमा पिसेर पिउन सकिन्छ । यसले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्नुको साथै यो स्वादिलो पनि हुन्छ ।

४) उखुको जुस
स्वास्थ्यवद्र्धक र स्वादिलो फलफूलको जुसको रुपमा उखुको जुसलाई लिइन्छ । उखुको जुसले शरीर हाइड्रेट गर्ने मात्र नभएर स्पूmर्ति बढाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन साथै पाचन प्रणालीमा सुधार ल्याउन मद्दत गर्छ । थप स्वादको लागी पुदिना र विरे नुन राखेर उखुको जुस पिउन सकिन्छ ।

५) लस्सी
दहिमा फलफूल साथै चिया मसला, चिनी, ड्राई फ्रुट थपेर मिक्सरमा पिसेर लस्सी बनाउन सकिन्छ । लस्सी निकै स्वादिलो, आडिलो र सर्वाधिक रुचाइने पेय पदार्थ हो । यो स्वास्थ्यवद्र्धक पनि हुन्छ ।

६) कागती पानी
पानीमा कागती र विरे नुन वा चिनी मिसाएर कागती पानी बनाउन सकिन्छ । केहि टुक्रा आइस र केहि पत्ता पुदिनाले यसमा ताजगी थप्ने काम गर्छ ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको