काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

आउँदो वैशाख ४ गतेदेखि काठमाडौंमा हुने क्रिकेट शृंखलाका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

क्यानले ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ शेख, आसिफ शेख, कुलश भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब अलाम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

बन्द प्रशिक्षण यही चैत २८ गतेदेखि हुने क्यानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here