शिक्षा र स्वास्थ्य राज्यको स्वामित्व राख्ने विषय काँग्रेसको मुख्य एजेन्डा बन्नुपर्छ : नेता महर

शिक्षा र स्वास्थ्य सरकारको स्वामित्वमा राख्ने विषय कांग्रेसको एजेन्डा बन्नु पर्ने नेपाली कांग्रेसमा युवा नेता नैनसिंह महरले बताएका छन्। नेविसंघ पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका नेता महरले शिक्षा र स्वास्थ्य जस्तो जनसरोकारको ठूलो विषय सरकारको स्वामित्वमा पर्न नसक्नु दुखद् विषय भएको बताए।

‘नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको अवधारणा कार्यान्वयन गर्न पनि शिक्षा र स्वास्थ्य जस्तो गम्भीर विषय राज्यकै मातहतमा हरनुपर्छ’, नेपाल शिक्षक संघको संघिय शिक्षक प्रतिनिधि सभाको बन्द सत्रमा ७७ जिल्लाका करिब ७ सय बढी प्रतिनिधि र नेपाली काँग्रेसका सबै जसो पदाधिकारी, केन्द्रीय सदस्यसमेत उपस्थित रहेको कार्यक्रममा नेकपा सरकारको तिन वर्षे कार्यकालका बारेमा लेखिएको आफ्नो पुस्तक “महाकाण्ड ” हस्तान्तरण गर्दै नेता महरले भने, ‘यसो भए मात्रै दुई खाले नागरिक उत्पादन हुने समस्या निराकण हुन्छ। नत्र सधै यो समस्या यस्तै विकराल रहन्छ।’

अहिले गरिब जनताको पहुँचमा शिक्षाा र स्वास्थ्य आकासको फल जस्तै भएको र सबैका लागि स्तरिय शिक्षा उपलब्ध न हुदा दुइ खाले नागरिक उत्पादन भइरहेको उनको तर्क छ।

शिक्षा र स्वास्थ्य जनताको सहज पहुँचमा पुग्न नसकेकै कारण खराव मनोवृत्ति मौलाएको नेता महरको टिप्पणी छ।

‘अहिले पनि शिक्षकका दु:ख उस्तै छन्। मासिक तलवले परिवार धान्न सक्ने अवस्था छैन। शिक्षकलाई सामान्य आधारभूत आवश्यकता पूर्ति गर्न पनि धौं-धौं हुने गरेको छ’, महरले भने, ‘मनमा परिवार कसरी धान्ने भन्ने चिन्ता भएपछि शिक्षकले कसरी राम्रो शिक्षा दिनसक्छ ?’

उनले राज्यले शिक्षकका आधारभूत आवश्यकता पुरा हुनेगरि सेवासुविधा थप्नुपर्ने बताए। राज्यले आवश्यकता पुरा गरे शिक्षकले पनि गुणस्तरिए शिक्षामा जोड दिनुपर्ने उनको तर्क छ।

नेता महरले वर्तमान सरकार शिक्षा क्षेत्र तहसनहस गर्न लागि परेको आरोप लगाएका छन्। ‘तीन वर्षमा सरकारले शिक्षा क्षेत्रमा माफियाहरूको हालिमुहाली गरायो। पार्टीको घोषणा पत्रमा २० प्रतिशत बजेट छुट्याउने भनेकोमा ११ प्रतिशत मात्रै छुट्यायो। उच्चस्तरीय शिक्षा आयोगको रिपोर्ट प्रधानमन्त्री ले लुकाएर राखेको र बिद्यार्थी को पढाईका बारेमा सरकार ले ठोस योजना ल्याउन नसकेका कारण बाट सरकारको उदासिनता प्रष्ट हुन्छ’, उनले भने।

सरकारको उदासिनताकै कारण कोरोना महामारीमा जनता पिल्सिएको उनको आरोप छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको