काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।
मूल्य बढाउँदा पनि पेट्रोल, डिजेल र मट्टितेलमा घाटा नै रहेको निगमले जनाएको छ ।