काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर ८७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ८७ हजार ४ सयमै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।