काठमाडौँ –  पहिलो चरणको दोस्रो डोज खोप आगामि बैशाख ७ देखि ११ गतेसम्म लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । सोमबार संसदमा बोल्दै उनले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप प्राप्त गरेकालाई २०७८ बैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रामा कोभिसिल्ड खोप प्रदान गर्ने बताएका हुन् ।

‘बाहिर पहिलो चरणमा खोप लगाउनेलाई खोप छैन भन्ने हल्ला छ,’ उनले भने, ‘पहिलो चरणमा खोप लगाएकाहरूको खोप सुरक्षित तरिकाले भण्डारण गरेर राखिएको छ ।’ नेपालमा कुल जनसंख्याको ६ प्रतिशतभन्दा बढी मानिसहरूले खोप लगाइसकेको जानकारी उनले दिएका छन् । यसभन्दा अगाडि खोप लगाउन नपाएका इच्छुक अग्रपन्तीमा खटिने व्यक्तिलाई चैत्र २५ गतेदेखि चिन सरकारबाट प्राप्त ‘भेरोसेल खोप लगाउने कार्यक्रम रहेको उनले बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here