घरेलु मैदानमा हुन लागेको नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच टी–ट्वान्टी त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य तोकेको छ। क्यानले त्रिकोणात्मक सिरिज हेर्न प्रतिदर्शक १ सय ५० रुपैयाँ टिकट दर तोकेको हो।

सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख ४ देखि ११ गतेसम्म हुनेछ। खेल दिउँसो २:१५ देखि ५:१५ सम्म हुनेछ। डबल लिगका आधारमा हुने खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

नेपालले १४ महिनापछि सिरिज खेल्न लागेको हो। यसअघि नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिज खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here