काठमाडौँ – नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ३०० ले बढेर ८७ हजार ५ सयमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ५० रहेको छ ।
यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।