त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलङ्का पुलिस खेलकूद क्लबबीच आज खेल हुदैंछ। एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले आज दशरथरंगशालामा प्रारम्भिक चरणमा श्रीलङ्काली पुलिससँग भिड्न लागेको हो ।

एसियाली फुटबल संघले क्षमताको पचास प्रतिशत दर्शक राख्न पाउने अनुमति दिएपछि एन्फाले उक्त खेलमा दर्शकलाई प्रवेश खुला गरेको छ । खेल बुधबार साँझ साढे पाँच बजेबाट सुरु हुनेछ । एनटिभी प्लसले सो खेलको प्रत्यक्ष प्रसारण गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here