काठमाडौं – एएफसी कपमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले भारतको बेंग्लुरु क्लबसँग भेट पक्का गरेको छ।

२७ औ मिनेटमा इभान्स एसेन्टेले गोल गरेर श्रीलंकाका लागि अग्रता बनाएका थिए। ४० औ मिनेटमा सन्तोष तामाङले गोल फर्काए। ४३ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीलाइ अग्रता दिलाए। ५० मिनेटमा टंकबहादुर बस्नेतले गोल गरे।

८३ औं मिनेटमा सुदिल राइले गोल थपे। उनी टंकबहादुर बस्नेतको स्थानमा सब्टिच्युट भएर आएका थिए। ९० औं मिनेटमा नवयुगको गोलसँगै नेपालले ५-१ को फराकिलो जित हात पार्‍यो।

जितसगै आर्मी प्रिलिमिनरी राउण्डको दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो चरणमा आर्मीले बेङ्लुरु एफसीसँग अप्रिल १४ मा खेल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here