काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुन पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९ सयले बढेर ८९ हजार ९ सयमा कारोबार भइरहेको छ । विहिबार छापावाला सुन तोलाको ८९ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर तोलामा १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
