विना स्वीकृत औषधि उत्पादन गर्ने त्रिकुटा गुरुधाममा विभागको अनुगमन, के होला कारबाहि ?

काठमाडौं – राज्यको ऐन कानुनलाई बेवास्था गर्दै विना स्वीकृत औषधिको उत्पादन गरी वितरण गर्दै आएको ॐ श्री त्रिकुटा गुरुधाम नेपालविरुद्ध औषधि व्यवस्था विभागमा उजुरी परेको छ ।

प्यूठानका ज्ञानेन्द्रबहादुर गुरुङ उर्फ स्वघोषित परमगुरुदेव त्रिकुटेश्वरानन्दको समेत संलग्नतामा ‘ब्रह्मदृष्टि र परमकृपासहित परमगुरुदेव श्री त्रिकुटेश्वरानन्दज्यूबाट प्रतिपादित’ भन्दै सो गुरुधामले विना अप्रेशन सस्तो, सुलभ र कम खर्चमा क्यान्सर, मृगौलादेखि कब्जियत, कोरोना, गानोगोला, ग्यास्ट्रिक, पेटको अल्सर, पायल्स, फिस्टोला, मोटोपना, यूरिक एसिड, थाइराइड, आमासय, लिबर, अपेन्डिक्स, मुटुलगायतका विभिन्न रोगको अचुक उपचार हुने भन्दै अवैध औषधीको खुलेआम वितरण गर्दै आएको थियो ।

पशुपति क्षेत्र विकास कोषका उप निर्देशकसमेत रहेका रेवतिरमण अधिकारीले नाम बदलेर विशुद्धानन्द उपनामबाट संचालित सो संस्थाले विना स्वीकृत उत्पादन गरिएका अबैध औषधी ह्याण्ड स्यानिटाइजर, लोथन, कस्मिक एनर्जी आयुर्वेदिक मालिस तेल, कायामृत कवच, उदर अमृत (डाइजेष्टिभ ब्रेनको सर्वोत्तम औषधी), करुणा चियामत, बिटुआईबी (मोटोपना घटाउने) लगाएतका औषधीहरुको उत्पादन गरी खुलेआम वितरण गर्दै आएको छ ।

यसरी अवैध रुपमा औषधीको उत्पादन तथा वितरण गरेको सवालमा प्रतिकृयाका लागि गुरुदेव त्रिकुटेश्वरानन्दलाई सम्पर्क नं.०१–५२४७२७७ मा सम्पर्क गर्दा फोन उठाउने कर्मचारीले गुरुलाई फोन दिन नमिल्ने र उहाँको मोबाइल नं पनि नभएको भन्दै फोन राखिदिएका कारण उनको प्रतिकृया लिन सकिएन् । तर गुरुधामका अध्यक्ष रेवतीरमण अधिकारी ‘विशुद्धान्द’संग बुझदा औषधी व्यवस्था विभागमा उत्पादनका लागि स्वीकृति लिन आवेदन दिएको भएपनि स्वीकृति दिइनसकेको र हालसम्म वितरण गरिएका औषधीले सबैलाई ठिक गरेकोले औषधीको उत्पादन भने जारी रहेको बताए ।

उक्त गुरुकुल विरुद्ध अवैध रुपमा उत्पादन गरिँदै आएका औषधीहरुबाट हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गरीे सो संस्था माथि आवश्यक छानविन गरी कारवाही गरी पाउँ भन्दै गत चैत २२ गते औषधि व्यवस्था विभागमा उजुरी परेको हो । दर्ता नंं. ११४३१ रहेको सो उजुरी उपर छानविन भइरहेको विभागका प्रवक्ता सन्तोष के.सी.ले बताए । साथै विना अनुमती उत्पादन भएका औषधी बन्द हुन्छ र औषधी सेवन गरेर कोहि पिडित भएका व्यक्तीले उजुर गरिएमा संस्थाका सञ्चालकलाई जन्म कैदसमेत हुन सक्ने कानुनी व्यवस्था रहेको प्रवक्ता के.सी.ले उल्लेख गरे । उनले अगाडि भने – हामीले उक्त गुरुकुलबाट त्यस सम्बन्धमा अनुगमनको लागि पठाएका छौं, सोही अनुगमनले आधारमा कारवाही हुन्छ ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको