चेन्नाईलाई पराजित गर्दै आईपीएलमा दिल्लीको शानदार विजयी सुरुवात

काठमाडौं – साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।

ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिवार चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी शले ३८ बल खल्दै ९ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । मार्कु स्टोइनिसले १४ रन जोडे । यस्तै पहिलो पटक दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्त १५ रनमा अविजित रहे ।

चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए ।

त्यसअघि मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । गत संस्करण नखेलेका रैनाले यस पटक सुरुवातमै उत्कृष्ट ब्याटिङ गरे । उनले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए । यस्तै मोइन अलीले ३६ रन जोडे । टिमको स्कोर ७ हुँदा ओपनर फाफ डु प्लेसिस र रितुराज गाएकवार्डलाई गुमाएको चेन्नाईका लागि रैना र मोइनले ५३ रनको साझेदारी गरेका थिए ।

यस्तै आक्रामक ब्याटिङ गरेका साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए । रविन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए ।

दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेषष खानले २-२ तथा रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । उक्त खेल चेन्नाईमा हुनेछ ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको