काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४०० रुपैयाँले घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
