काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ८९ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० मा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाले बढेर तोलामा १२ सय ९० मा कारोबार भइरहेको छ ।
