काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर तोलामा ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाले बढेर तोलामा १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
