नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व क्याप्टेन तथा अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेका हुन् । केही दिनअघिको प्रशिक्षणमा फिल्डिङ गर्ने क्रममा पारसको दायाँ काँधमा चोट लागेको थियो।
चिकित्शकको सल्लाहमा उनले तीन हप्ता आराम गर्नु पर्ने भएको छ। चोट लागेपछि पारसले राष्ट्रिय क्रिकेट टिमको क्याम्प छाडेका छन्। अब क्यानले पारसको स्थानमा मौका पाउने खेलाडीको नाम छनोट गर्नेछ।
त्रिदेशीय कप शनिबारदेखि त्रिवि मैदान कीर्तिपुरमा सुरू हुँदैछ। पहिलो खेलमा नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्दैछ।