काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर बलिङ रोजेको छ । टियु क्रिकेट मैदानमा नेपालले टस जितेको हो। नेदरल्यान्ड्सले सुरुवातमा ब्याटिङ गर्नेछ । खेल १:१५ बजे सुरु हुने छ।
नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।
