काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलाको ९० हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १३ सयमा कारोबार भइरहेको छ ।
