त्रीकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगितमा नेदरल्यान्ड्स विजयी भएको छ। प्रतियोगिताको दोस्रो खेलमा मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्स विजयी भएको हो।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेरदल्यान्ड्सले दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो।
नेरदल्यान्ड्सका लागी म्याक्स ओ’डोडले अविजित १३३ रन बनाए।
जवाफी ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७६ रनमात्रै बनाउन सक्यो। मलेसियाका लागि भिरनदीप सिंहले ५३ बल खेल्दै सर्वाधिक ८७ रन बनाए। उनको उत्कृष्ट खेलका बावजुद मलेसिया पराजित भयो।
भोली नेपाल र मलेसियाबीच हुनेछ।
